दफा ३९
विद्युतीय स्वरुपमा सरकारी कागजपत्रहरु प्रकाशन गर्न सकिने
(१) नेपाल सरकारले प्रचलित कानून बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्ने अध्यादेश, ऐन, नियम, विनियम, गठन आदेश, सूचना वा अन्य विषयलाई विद्युतीय स्वरुपमा समेत प्रकाशन गर्न सक्नेछ ।
(२) सरकारी निकाय वा सार्वजनिक संस्था वा नेपाल राज्यभित्र कारोबार गर्ने बैङ्क वा वित्तीय संस्थामा प्रचलित कानून बमोजिम फाइलिङ्ग गर्नु पर्ने कुनै फाराम, निवेदन वा अन्य कुनै कागजात वा सृजना गर्नु पर्ने वा सुरक्षित राख्नु पर्ने वा संरक्षण गर्नु पर्ने कुनै अभिलेख वा जारी गर्नु पर्ने वा दिनु पर्ने कुनै इजाजतपत्र वा अनुमतिपत्र वा स्वीकृति वा प्रमाणपत्र वा भुक्तानी लिनु पर्ने कुनै रकमलाई विद्युतीय स्वरुपमा पनि फाइलिङ्ग गर्न, सृजना गर्न, सुरक्षित राख्न वा संरक्षण गर्न वा जारी गर्न वा प्रदान गर्न वा विद्युतीय सञ्चार माध्यम मार्पmत भुक्तानी लिन दिन सकिनेछ र यसरी विद्युतीय स्वरुप वा विद्युतीय सञ्चार माध्यम प्रयोग भएको कारणबाट त्यस्ता फाराम, निवेदन, कागजात, अभिलेख, इजाजतपत्र, अनुमतिपत्र वा स्वीकृति, प्रमाणपत्र वा भुक्तानीलाई कानूनी मान्यता दिनबाट इन्कार गरिने छैन ।